Posts

मेसोपोटामियाको सभ्यता

Image
मेेेसोपोटामियाको सभ्यताको नक्शा  
ईसा पुर्व भन्दा लगभग ५००० वर्ष अगाडि टिग्रिस र युफ्रेटस(फरात) दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो। यहि सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता भन्ने गरिन्छ। यो नाम प्राचीन युनानी वा ग्रीकहरूले राखेका थिए, वास्तवमा युनानी भाषामा मेसोपोटामियाको अर्थ दुई नदीको माझ भन्ने हुन्छ। मेसोपोटामियाको सभ्यता पूर्वी [[सिरिया]]को केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएको थियो। उब्जाउ भूमि भएको हुनाले यसलाई फर्टाइल त्रेसेन्ट अर्थात् अर्धचन्द्राकार उर्वर भूमि भनियो।

सामान्यतया मेसोपोटामियाको सभ्यतालाई कृषिकाल, पुर्वसुमेरियनकाल, सुमेरियनकाल, बेबिलोनियन र  असिरियन गरेर पाँच भागमा बाँडिएको छ। सभ्यताको सुरूको अवस्थालाई कृषिकाल भनिन्छ। पूर्वसुमेरियनकालमा नै श्रमको विभाजन गर्ने प्रचलन चलेको थियो। सुमेरियनहरू इन्डोयुरोपियन जातिका मानिस थिए। यिनीहरूले युफ्रेटस नदीको किनारमा जङ्गल झाडी सफा गरेर जौ र गहुँको खेती सुरू गरेको थियो। यिनीहरू गाई, गोरु र गधा जस्ता जनावर पाल्ने गर्दथे। यिनीहरू कुशल शिल्पकार तथा चित्रकार थिए। यिनीहरूले नै क्युनिफर्म नामको लिपि विकास गरेक…

नेपालमा राष्ट्रिय खेल भलिबल,

Image
२०१८ एसियाली खेलकुदमा नेपाली राष्ट्रिय भलिबल टिम
नेपालमा सर्वाधिक लोकप्रिय तथा चर्चित खेलका रूपमा भलिबललाई लिन सकिन्छ । नेपालले भलिबलबाट अन्तर्राष्ट्रिय स्तरमा फुटबल तथा क्रिकेट र अन्य खेलकुदहरूमा जस्तो  प्रगति तथा उच्चस्तरीय स्थान हात पार्न नसकेपनि नेपाली घरेलुु जगतमा भने यसको स्थान ब्यग्लै किसिमको रहेको छ । नेपालको भौगोलिक अवस्था अनुसार जुनसुकै स्थान पनि सहजै खेल्न सकिने भएकाले तथा नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको दर्जा प्राप्त गरे पछि यो भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन झन् बर्दोक्रमा रहेको छ ।
भलिबल हाल नेपालको राष्ट्रिय खेल हो । नेपालको प्रत्येक जिल्लाहरूमा यो खेल खेलिने र यो खेलसँग सम्बन्धित प्रतियोगिताहरू आयोजना हुने भएकाले पनि नेपालको राष्ट्रिय खेलका रूपमा यो भलिबल खेलले सार्थकता प्राप्त गरेको छ । अझ नेपालको तराई भागमा क्रिकेट जति लोकप्रिय रहेको छ पहाडी तथा उच्च पहाडी भेगमा भलिबल खेल उत्तिकै लोकप्रिय रहेको छ ।
इतिहास नेपालमा भलिबल खेल वि.स. १९९० सालमा भित्रीएको पाइन्छ । विदेशबाट आएका नेपाली सैनिकहरूले यस खेललाई नेपालमा भित्र्याएको अनुमान गरिन्छ, भने यसको कुनै …

रोनाल्डो र मेस्सी कस्को उपाधि कति ?

Image
मेस्सी र रोनाल्डोले खेलेका अन्तित एल-क्लासिको म्याचमा
रोनाल्डो र मेस्सी वर्तमान फुटबल जगतका दुई उत्कृष्ट फुटबल खेलाडीहरू हुन् । रोनाल्डो र मेस्सी बिच उनीहरूका समर्थकहरू बिच अनेक तुलना तथा आलोचना हुँदै आइरहेको छ, तसर्थ आआफ्ना समर्थकहरूले एकलाई होच्चाउने र अर्कालाई उकास्दै आई रहेका छन् । तर त्यसको छिनोफानो भने फुटबल क्षेत्रका महान् पण्डितहरूले समेत गर्न सकेका छैनन् । त्यसैले जेहोस् उनिहरू एक आपसमा दुवै फुटबल जगतका महान् तथा उत्कृष्ट खेलाडीहरू हुन् ।
मैले भने दुवैको पक्षमा रहेर कसले कति आधिकारिक वा सिनियर उपाधि जिते त्यसको बारेमा मेरो स्रोतले भ्याय सम्मको तथ्यहरू दिन गइरहेको छु ।

क्रिष्टियानो रोनाल्डो २०१८ फिफा विश्वकपमा रोनाल्डो
रोनाल्डोले हाल सम्म तीन युरोपेली फुटबलको प्रतिनिधित्व गरि सकेका छन् भने, युभेन्टसबाट भर्खर यसै सिजन देखि अनुबन्ध भएका छन् । उनले एक अन्तर्राष्ट्रिय उपाधिका रूपमा युरो कप २०१६ जितेका छन् । भने क्लबबाट अनेक उपाधि जितिसकेका छन् ।
रोनाल्डोले जितेका उपाधिहरू
स्पोर्टिङ सिपीउपाधि :- (१)
म्यान्चेस्टर युनाइटेड प्रिमियर लिग :- (३)फा कप :- (१)फुटबल लिग कप :- (२)फा कम्युनिटी कप …

केही उत्कृष्ट मुक्तकहरू

१.
दुखिरहेको पैतला अनि, भिजिरहेको आँखा हुनेछ सब दुनियाँ दुश्मन भए पनि मित्र मेरी आमा हुनेछ
कत्ति कुराहरू गर्नुछ अझै जिन्दगीको यात्राहरूमा  जब सोचिन्छ यो कुरा सबैको जीन्दगी आधा हुनेछ
२.
कुकुर पालेर मान्छे आफूलाई बाघ सम्झिन्छ तस्कर गर्न मात्र गैंडाको खाग सम्झिन्छ
हरियो केही देख्नै हुन्न अचेल मानिसहरू किन होला सबै कुरा साग सम्झिन्छ
३.
हिसाब खरबौको होस् सुरूवाट एकबाट हुन्छ पुस्तक जति बाक्लोहोस् गणना पेजबाट हुन्छ

तपाईं मान्नु या नमान्नु मीत्र मैले यस्तै देखेको छु जरा र काण्डको जन्म आखिर फेदबाट हुन्छ
भूपेन्द्र श्रेष्ठ `भूपेन´

सुन्दर फूलका तस्बिरहरू...हेर्दै मन आकर्षित गर्छ।

Image

गजल....भन्नुस् तपाईंको रोजाइमा मन वा धन पर्छ

Image
भन्नुस् तपाईंको रोजाइमा मन वा धन पर्छ
करोडपति त सधैं इमान्दारको दुश्मन पर्छ

यदि थोरै माग पूरा भएन भने राजनीतिमा
किन सबको पहिलो रोजाइ आन्दोलन पर्छ

कयौं खानी नेपालमै छ भन्छन् भाषणमा 
खोज्नु,बोल्नु भन्दा पनि गर्नु उत्खनन पर्छ

त्यति ठूलो काम गरे जस्तो लाग्दैन तै पनि
हरेक चिनारी ओठहरूमा उनकै वर्णन पर्छ

मर्ने इच्छा यसै कारण पलाए जस्तो छ मेरो 
आर्यघाटको बाटैमा प्रेमीकाको आगन पर्छ

एक दर्दनाहक मुक्तक

Image
मुक्तक

जहाँ सबैभन्दा धेरै पाप हुन्छ, त्यहाँनै धर्मको खोजी गरिन्छ । साँच्चै पशु काट्दैमा मृत्यु पश्चात् नर्गमा नपरि स्वर्ण परिन्छ ?
मन्दिरकै मुर्तिले पनि अचेल धर्ममा भष्ट्राचार गरेझै लाग्यो । बाहिरका असहाय कसैले देख्दैन,, भित्र किन पैसा छरिन्छ?
पशुको घाँटी रेटि मुर्तिमा रगत चढाई धर्मको आभास गरेर ।  खै त्यस्तो हत्या गरेको धर्मले पनि पापको खाल्डो तरिन्छ ?